सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति



काठमाडौं, असार ३ । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल को पूर्व राजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन्।

बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो रुभन्दै प्रश्न गरे।

उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो रुयहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको दफा २१ ९ख० अनुसार सभामुखको आचरणमाथि छलफल बाहेक आलोचना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

उनले भने,‘नियमावलीको २१ को ९ख०मा सभामुखले पद अनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको हो । जतासुकै हिलो फालेर विधि बस्दैन भनेर सम्झाउँदै यो बोलेको कुरा रेकर्डबाट हटाउन माग गर्छु ।’

प्रकाशित मिति : असार ३, २०८३ बुधबार  १२ : ०८ बजे