प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, सरकारका कामकारबाहीको समीक्षा, साथै विभिन्न नीतिगत र प्रशासनिक निर्णयसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार  १२ : २८ बजे