करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक छ: शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे।

उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए ।

संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए ।

प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार  १ : ०० बजे