काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बोर्डको रिक्त अध्यक्ष पदमा डा। गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।
मन्त्री तिमिल्सिनाका अनुसार विभिन्न विधेयकहरू सङ्घीय संसद्मा पेस गर्ने र नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने पनिनिर्णय भएको छ ।
मन्त्रिपरिषद्ले सहकारी क्षेत्रको सुधार र नियमनका लागि महत्वपूर्ण निर्णयहरू गरेको पनि उनले बताए । जसअन्तर्गत सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
साथै, वचत तथा ऋण सहकारीको नियमन तथा सुपरीवेक्षण सम्बन्धमा व्यवस्था गर्न तर्जुमा गरिने विधेयकको सिद्धान्तलाई पनि बैठकले स्वीकृति दिएको छ ।














