राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६–२८ मा काठमाडौंमा गर्ने निर्णय



काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीको शुक्रवार र शनिवार बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।

प्रकाशित मिति : असार ६, २०८३ शनिबार  १० : ०८ बजे