चितवन , असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ।
दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रमभन्दा तीन घण्टा अगाडिदेखि नै स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ।
महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने छन् ।














