मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारसँग उनले महामन्त्रीमा उम्मेदवारी दिने बताएका हून्। झा हाल कुनै पनि लाभको पदमा छैनन् ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ ।

भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  २ : १८ बजे