शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने



काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  ३ : ४८ बजे