काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् ।
उनका अनुसार अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ ।














