काठमाडौं । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको विस्फोटमा नेपाली घाइते भएका छन् ।
१३ जनाको मृत्यु भएको विस्फोटको घटनामा नेपाली पनि घाइते भएका हुन् । मृत्यु हुने १३ जनामा १२ भारतीय नागरिक रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायतका देशका नागरिक घाइते भएका छन्।
हालसम्म ६६ जना घाइतेको उपचार भइरहेको छ भने उनीहरूमध्ये कसैको पनि ज्यान जोखिममा नरहेको अधिकारीहरूले जनाएका छन्।














