सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेललाई ललितपुर ल्याइयो,अदालतमा पेस गर्ने तयारी



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार बिहान ललितपुर ल्याइएको छ ।

सोमबार बेलुका सुर्खेतबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

काठमाडौं ल्याएर पौडेललाई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको छ ।

आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ । थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति अदालतमा पेस गर्न लागिएको हो ।

प्रकाशित मिति : असार ९, २०८३ मंगलबार  १२ : ५४ बजे