काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान जारी रहेको हो ।
यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा हिजो मध्यरातमा सुरु भएको मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए ।
निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।














