फिफा विश्वकप: मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित



काठमाठौँ, असार ११ । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ ।

एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो ।

हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए ।

मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९ मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

प्रकाशित मिति : असार ११, २०८३ बिहीबार  ८ : ०३ बजे