चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।
पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
महिला उपसभापतिका लागि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरुले ब्याक भएको बुझिएको छ । उनीहरुले सोवितालाई समर्थन गर्ने स्रोतले दावी गर्यो ।
तोसिमा र सोविताले पछि नहट्ने अडान लिएपछि निर्वाचन गर्नुपर्ने भएको हो । सोविता संस्थापन पक्ष ९सभापति लामिछाने० को उम्मेदवार मानिएकी छन् । तोसिमा भने पछिल्लो समय बालेननिकट मानिन्छिन् ।














