विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी



चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा महामन्त्री पदको चुनावी समीकरणमा अर्को ठूलो उलटफेर भएको छ।

महामन्त्री पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएकी युवा नेत्री रञ्जु दर्शनाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

महामन्त्रीमा साझा उम्मेदवारका रूपमा अगाडि सारिएका सह(महामन्त्री विपीन कुमार आचार्यलाई सहयोग र समर्थन गर्ने घोषणा गर्दै उनले चुनावी मैदान त्यागेकी हुन्।

यो नयाँ घटनाक्रमले महाधिवेशन हलभित्र आचार्यको पक्षमा माहोल झनै बलियो बनाएको छ।

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  १ : १९ बजे