फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक, अब आइतबार बस्ने



काठमाडौं । प्रतिनिधिसभा बैठक पुन: स्थगित  भएको छ ।

आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो ।

योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो । संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  ४ : ४५ बजे