सुनको भाउ घट्ने क्रम जारी : कती छ शुक्रबारको मुल्य ?



काठमाडौं-

बजारमा शुक्रबार पनि सुनको मुल्य घटेको छ ।

बिहीबारको बजार  मुल्य  भन्दा प्रतितोला ३ सय रुपैयाँले घटेर शुक्रबार सुनको  कारोबार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ तोकिएको छ।तेजावी सुन बिहीबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि ८ सय ५० रुपैयाँनै कायम रहेको छ ।

सुन चादिको मुल्यमा भइरहने घटबढलाई सामान्य मान्ने गरिन्छ ।अहिले बिबाहको सिजन भएकोले मुल्य घटे पनि कारोबार बढ्ने ब्यबसायीहरुको अपेक्षा छ ।

प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार  ७ : २५ बजे