झलनाथ खनालले भने- हिजो सिङ पलायो, जुरो पलायो, वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन् ।

जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, “निकै लामो समयदेखि आज दुई वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई आश्चर्य लागेको हुनसक्छ । वामपन्थी एकता आज मात्रै होइन,” “अनेकन्‌कालदेखि आवश्यक थियो । तर, बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । कहिले अरूअरू केके पलायो, त्यसले एकताबद्ध हुन सकेन ।”

उनले अब एकताको बाध्यात्मक अवस्था आएको औँल्याए ।

“हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ । कम से कस आज विचार गोष्ठीमा एकताबद्ध भयौँ । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अघि बढाउने कामको थालनी गरौँ,” उनले भने ।

प्रकाशित मिति : असार १४, २०८३ आईतबार  ३ : ४५ बजे