जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई सभामुख अर्यालको निर्देशन



काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदहरुले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने स्पष्ट पारेका हून्।

संघीय संसद सचिवालयले सिंहदरबारमा सोमवारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदहरुबीच राम्रो कानून बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको समेत बताए ।

उनले भने, “हामीमध्ये धेरै सांसद नयाँ छौँ। नयाँ हुनु भनेको देश, कानुन वा विधि नबुझेको भन्ने होइन, तर सङ्घीय संसद्को कार्यप्रणाली र प्रक्रियामा अझ अभ्यस्त हुन बाँकी छ। त्यसैले यस अभिमुखीकरणबाट सिकेर आगामी दिनमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ।”

सांसदहरुको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरुले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाई थियो ।

प्रकाशित मिति : असार १५, २०८३ सोमबार  १ : ०४ बजे