काठमान्डौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू नयाँ पार्टी बनाउन लागेको भन्ने आरोपको खण्डन गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्न लागेको भन्ने कुप्रचारप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘आज बिहान मात्रै झलनाथले अर्को पार्टी खोल्दैछन् भनेर कुप्रचार गरिएछ । म ती साथीहरूलाई भन्न चाहन्छु, झलनाथ कुनै गुट नबनाई बसेको मान्छे हो । पार्टी विभाजन होइन, समाजवादी विचार समूह बनाउन आवश्यक छ । सही नीति, विचार र सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्छ ।’














