विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक दिने भएको छ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको हो।
जेनजी आन्दोलनपछि उनीहरूको पारिश्रमिक वितरण रोकिएको थियो।














