काठमाडौं,असार १७ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलले पराजित गरेको छ ।
बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।
खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो ।
इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ ।














