रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्।

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  १ : २० बजे