रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई मनोनित गरेको छ।

पार्टीका केन्द्रीय सहमहामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेल उच्च अदालतका पूर्वन्यायाधीश हुन्।

उनलाई अनुशासन आयोगको प्रमुख बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा पेश गरेका थिए।

रास्वपाले निर्वाचन आयोग र लेखा आयोगमा भने पुरानै टिमलाई जिम्मा दिएको छ ।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  ३ : ४६ बजे