संसद्‌मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित



काठमाडौं । संघीय संसद् भवनमै इन्टरनेटमा समस्या देखिएपछि प्रतिनिधिसभा बैठकको युट्युबमार्फत हुने प्रत्यक्ष प्रसारण प्रभावित भएको छ ।

इन्टरनेटमा समस्या आएपछि नियमित रूपमा युट्युबमार्फत हुँदै आएको बैठकको बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको हो ।

इन्टरनेट सेवा पुनः सञ्चालनमा आएपछि प्रत्यक्ष प्रसारण पनि पुनः सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : असार १८, २०८३ बिहीबार  १२ : २७ बजे