अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित



काठमाडौँ । राष्ट्रिय सभाको बैठक प्राविधिक अवरोधका कारण स्थगित गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठकको प्रत्यक्ष प्रसारणमा अडियो नआएको र त्यसकै कारण कार्यवाहीको अभिलेखीकरण (रेकर्डिङ) मा समेत समस्या देखिएपछि बैठक रोकिएको हो।

बैठक करिब १७ मिनेटसम्म सञ्चालन भएको थियो। यस अवधिमा केही राष्ट्रिय सभा सदस्यहरूले आफ्नो धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा उनीहरूको आवाज सुनिएको थिएन।

सचिवालयले प्राविधिक समस्या समाधान हुनेबित्तिकै बैठक पुनः सञ्चालन गरिने जनाएको छ।

प्रकाशित मिति : असार १९, २०८३ शुक्रबार  २ : २६ बजे