काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गरेका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हून् ।
कोही पनि नागरिकको बसोवास कानूनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानूनी हुन नसक्ने बताए ।
उनले भने, ‘हिजो व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने, अनि आज त्यहाँबाट रातारात धपाउने। आज त्यही क्रियाकलाप हामीहरूले देखिराखेका छौँ। के यो देश ठूलाबडाको मात्रै हो ? कालो चस्मा लाउने, कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुँइकिनेहरूको मात्रै हो? सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदूरहरूको यो देश होइनरु होइन भने भन्नुपर्यो। यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिक माथि?’
सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गरे । समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको बताए।














