काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले यस वर्ष स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार देउवा समूहले उद्घाटन गरेको सम्पर्क कार्यालयमा काठमाडौँमा उपलब्ध पार्टीका पूर्वपदाधिकारी तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो।
बैठकले वीपी स्मृति दिवस छुट्टै कार्यक्रम आयोजना गरेर मनाउने निर्णय गरेको जानकारी एक नेताले सञ्चारकर्मीहरूलाई दिए।














