हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छिन् ।

मंगलवार राष्ट्रिय बैठकमा सांसदहरुले आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हून् ।

मन्त्री कुमारीले अर्थ मन्त्रालयले उद्योगको मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको पनि स्पष्ट पारिन् । उनले सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको पनि बताइन् ।

हेटौँडा कपडा उद्योगका लागि ३३ लाख बजेट निकासाको लागि अर्थ मन्त्रालयमा लेखी पठाएको छु । जुन निकासा भइसकेको छ , त्यो उद्योगमा गइसकेको छ । त्यहाँको मर्मत कार्य पनि अगाडि बढिसकेको छ । केही महिनामा नै त्यो सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु उनले भनिन् ।

प्रकाशित मिति : असार २३, २०८३ मंगलबार  १ : ५९ बजे