काठमाडौं । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै जिल्लाका स्थानीय तहलाई सदरमुकामसम्म जोड्न आगामी तीन वर्षभित्र दुई लेन ‘डबल लेन’ बनाउने घोषणा गरेका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सो घोषणा गरेका हुन् ।
‘त्यसमा पर्याप्त बजेट पनि छ। यसै आर्थिक वर्षमा हामीले डिपीआर गरेर काम सुरु गर्छौँ। सबै जिल्ला सदरमुकाम जोड्ने सडक र सबै पालिका सदरमुकाम जोड्ने सडक यसै वर्ष टेन्डर लाग्छन्। कर्णाली प्रदेशमा जतिवटा पनि पालिकाको केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन अथवा कच्ची सडक छ यही सालबाट सुधारको काम हुन्छ,’ उनले भने ।
अत्यधिक दुर्घटना हुने र धेरै जनाको मृत्यु हुने भएको कारणले सधैँको लागि अन्त्य सरकारले सडक निर्माणको योजना अघि बढाएको बताए।














