आज पहिलोपटक उद्यमी व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज उद्यमी व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् ।

बुधबार बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भएको हो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय, आर्थिक गतिविधि तथा व्यवसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदानप्रदान हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  १० : ५१ बजे