काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर प्रश्न गरेका छन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा बैठक सुरु गरेपछि विपक्षी दलहरू उठेर विरोध गरे । त्यो विरोधपछि पहिला कांग्रेस र त्यसपछि एमाले सांसद राईलाई बोल्न समय दिए ।
राईले आफ्नो भनाइको सुरुमै ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ? भने । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्नबाट रोके ।
त्यसपछि सभामुख अर्यालले माननीय सदस्य आफ्नो भनाइ मर्यादामा रहेर भन्नुहोला भन्दै चेतावनी दिए । उनले राईलाई भने, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुहोला । माननीय सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिन्नँ, बस्नुस् । माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ । त्यसकारणले बस्नुस् ।’














