काठमाडौं, असार २४ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको इतिहासमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सडक दुर्घटनाका कारण त्यसभन्दा बढी नागरिकको मृत्यु भएको बताए ।
उनले भने, ‘नेपालको इतिहासमा सबै भन्दा धेरै नागरिकको ज्यान गएको समय १० वषिय सशस्त्र आदोन्दको समय थियो । त्यो भन्दा धेरै नागरीको ज्यान सडक दुर्घटनामा गएको छ । धेरै सडक दुर्घटना हुने सडक मध्य कर्णाली राज मार्ग एक हो ।’
उनले देशकै बढी दुर्घटना हुने राजमार्गमध्ये कर्णाली राजमार्ग एक रहेको बताए ।
उनले भने, ‘राष्ट्रिय राज मार्ग एन २०५८ सुखेत जुम्ला खलङ्गा दुरी २४० किलो मिटर छ । सरकारी प्रविधिकहरुका अनुसार यो सडकलाई दुई लेनको बनाउँदा करिब २० अर्ब बजेट आवश्यक पर्छ । आगामी आर्थिक वर्षमा १ अर्ब छुटाइएको छ । यस अनुसार यो सडक २ लेनको बनाउन २० वर्ष लाग्ने देखिन्छ ।
पोखरेलका अनुसार राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने सुर्खेत–जुम्ला–खलङ्गा सडक खण्डको दूरी करिब २४० किलोमिटर रहेको छ । सरकारी प्राविधिकहरूको अनुमानअनुसार उक्त सडकलाई दुई लेनमा विस्तार गर्न करिब २० अर्ब रुपैयाँ आवश्यक पर्छ । तर आगामी आर्थिक वर्षका लागि केवल १ अर्ब रुपैयाँ मात्र विनियोजन गरिएको छ ।
हालको बजेटका आधारमा सडकलाई दुई लेनमा विस्तार गर्न करिब २० वर्ष लाग्ने अवस्था देखिएको उनले बताए ।














