तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको काममा तीव्रता



तनहुँ-

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको कामले तीव्रता पाएको छ ।

आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको सिनो हाइड्रोले ऋषिङ गाउँपालिका – १ स्थित झापुटारमा पहुँच मार्ग, कार्यालय भवन, श्रमिक आवास क्षेत्रलगायत कामलाई तीव्रता दिएको हो ।

विद्युत् गृहसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि कामदार परिचालित भएको तनहुँ जलविद्युत् आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार हाइड्रोले बाँध स्थलको ‘टनेल पोर्टल’को विस्फोटको तयारीसमेत गरेको छ । सिनो हाइड्रोले आयोजनाको पहुँच मार्गसम्म पुग्न एक हजार १०० मिटर ट्र्याक खोलिसकेको छ भने ४०० मिटर ट्र्याक खोल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार  ११ : ४७ बजे