सरकारलाई एमाले सांसद बरालको प्रश्न- सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ?



काठमाडौं । नेकपा (एमाले) कि सांसद यशुदाकुमारी बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्बासीलाई सडकमा धकेल्दा उनीहरुको मानव अधिकार हनन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न समेत गरिन् ।

उनले भनिन्,‘सुकुम्बासी जनता हुन कि होइनन ? उहाँहरुले बाँच्न पाउने कि नपाउने । र, उहाँहरुलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरुले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हुन्छ कि हुन्न ? र, यी गरिवका आँशु धेरै महंगा हुनेछन । यस विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद बरालले सुकुम्बासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराइन् ।

प्रकाशित मिति : असार २५, २०८३ बिहीबार  ११ : ५७ बजे