काठमाडौँ, असार २८ गते । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।
मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका थिए ।
भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताईन् ।
सुकुमवासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमवासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताईन् । उनले सुकुमवासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरिन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । रासस














