कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा



काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसमा चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।

नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले राजीनामा दिएका हुन् ।

एक मन्त्रीका अनुसार सरकारलाई कांग्रेसको समर्थन यथावत रहने गरी मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएको जानकारी दिए ।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  १० : २५ बजे