सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन



काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारीहरु आज पनि प्रदर्शनमा उत्रिएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् ।

सरकारको यस निर्णयका कारण सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५७ हजार कर्मचारीहरू कुनै पनि सेवा-सुविधा बिना नै रित्तो हात बर्खास्तीमा पर्ने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

अहिले संघ सरकार मातहत करिब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  १२ : २४ बजे