प्रधानमन्त्री शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका हुन् ।

बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार, उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि तथा उद्यममैत्री वातावरण निर्माणका विषयमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।

छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।

प्रकाशित मिति : असार ३२, २०८३ बिहीबार  १२ : २३ बजे