काठमाडौं । बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको छ।
उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो।
यस्तै, विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरमा कार्यरत बासुदेव आचार्यलाई तोक्न परिषद्ले परामर्श समेत दिएको छ ।
यस्तै, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारलाई तोक्न समेत परिषद्ले सिफारिस गरेको छ ।














