सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको निर्देशन



काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यलाई आर्थिक वर्ष ०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई आगामी भदौ २९ गतेसम्म बुझाउन भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा (१)को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : श्रावण १, २०८३ शुक्रबार  १ : ५९ बजे