काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ ।
यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् ।














