बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’प्रतियोगिता (तस्बिरहरु)



काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा आज ५ किलोमिटर ‘ग्रीन रन’ ‘दौड’ आयोजना गरिएको छ।

नेपाली कांग्रेसद्वारा आयोजित उक्त दौड ललितपुरको युएन पार्कबाट सुरु भई जावलाखेलस्थित फाल्चामा पुगेर सम्पन्न भएको हो।

स्वास्थ्य र वातावरण सचेतनाको सन्देश दिने उद्देश्यले आयोजित यस ‘ग्रीन रन’मा नेपाली कांग्रेसका सभापति लगायत पार्टीका विभिन्न तहका नेता(कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : श्रावण ६, २०८३ बुधबार  ८ : १६ बजे