काँग्रेसको संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान



काठमाडौं । नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो ।

वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले राष्ट्रिय भेलाको घोषणा गरेको हो । काठमाडौंमा जारी भेलालाई सम्बोधान गर्दै नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने बताए ।

सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा हुने समेत उनले जानकारी दिए ।

उनले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भएपनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाए ।

प्रकाशित मिति : श्रावण ६, २०८३ बुधबार  ७ : २८ बजे