७ साउन, काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
बैंकिङ कसुरको मुद्दा खेपिरहेका अग्रवाललाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो नियन्त्रणमा लिएको थियो ।














