सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले नेपाल–भारत र नेपाल–चीन सीमाको सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा समिति सभापति जयन्तीदेवी राईले खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षालाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्रोतसाधन, आधुनिक उपकरण तथा पूर्वाधारको व्यवस्था गर्न दिर्नेशन दिईन् ।

प्रकाशित मिति : श्रावण ८, २०८३ शुक्रबार  ७ : ४१ बजे