फेरि मिले ओली र प्रचण्ड, प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति



नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा सहमति भएको छ ।

प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिब्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

शनिवार भएको सहमतिअनुसार पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ । जसअनुसार कोशी, वागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ ।

मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : श्रावण ९, २०८३ शनिबार  ९ : ४४ बजे