दाङमा ढिस्कोले पुरिएर बालकको मृत्यु



दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका—२, पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर खत्रीले जानकारी दिए ।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार ‘साउन ९’ माटो लिन गएका उनी ढिस्कोले पुरिएका थिए । उद्धार गरी अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । रासस

प्रकाशित मिति : श्रावण १०, २०८३ आईतबार  १० : १४ बजे