झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, प्रहरिको गोली लागेर एक जनाको मृत्यु



सुनसरी, साउन ११ गते । सुनसरीको जिल्ला प्रशासन कार्यालयले जिल्लाका खि क्षेत्रम कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्लाको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र तथा देवानगञ्ज बजार क्षेत्र रहेका छन्। आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत तोकिएको छ।

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने जनाएको छ।

आइतबार राति दुई समूहबिच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको बताइएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : श्रावण ११, २०८३ सोमबार  ९ : ०५ बजे