काठमाडौं । साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो ।
पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ ।
दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ ।














